यौन सम्पर्क गर्न चाहना किन हुन्छ ? 

मानिस किशोर अवस्थामा प्रवेश गरेपछि यौन अंगको विकास हुन्छ l अन्य जीव हरुको जस्तै मानिसले पनि आफ्नो बंश विस्तार गर्नु उसको अनिबार्य  कार्य हो l बंश विस्तारका लागि महिला र  पुरुषका बिचको  यौन सम्पर्क  जरुरी हुन्छ l यौन सम्पर्कको लागि सरिरमा  हर्मोनको विकास भएको  हुन्छ  जसको काम यौन चाहना र यौन आकर्षण  बढाउने  हुन्छ l यौन आनन्द अनुभूति हुने  हुनाले पनि मानिसहरु निश्चित  उमेर पुगेपछि यौन  सम्पर्कको चाहना राख्छन l त्यसैले यौन  सम्पर्कको चाहना हुनु भनेको  स्वाभाविक  प्रक्रिया हो l यो दुबै लिङ्गीमा उस्तै मात्रामा उत्पन्न हुन्छ । यौन सम्पर्कका लागि दुवैजना पूर्णरुपमा तयार भएको हुनु पर्दछ र उनीहरूबीचको सम्बन्ध सुरक्षित पनि हुनु पर्दछ । असुरक्षित यौनसम्पर्कले यौनसम्बन्धी रोगहरु लाग्ने, अनिच्छित गर्भ रहने जस्ता समस्याहरू  आउँछन् भन्ने थाहा पाउनु अत्यन्तै जरुरी हुन्छ ।­






तपाईको पनि जिज्ञासाहरु भए सोध्नुहोस | हामी जवाफ दिन्छौ | जिज्ञासा पठाउन तल क्लिक गर्नुहोस |


प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments