के किशोरकिशोरी अवस्थामा यौनसम्पर्क गर्नु जरुरी छ ?

किशोरावस्थामा यौनसम्पर्क नगर्दा नै राम्रो हुन्छ किनभने यो अवस्थामा शरीरमा प्रजनन तथा यौनाङ्गको विकास हुने क्रम जारी हने हुँदा यस्तो समयमा यौनसम्पर्क गर्नाले विभिन्न समस्याहरु जस्तै यौनाङ्गमा घाउ हुने, संक्रमण हुने सम्भावना धेरै हुन्छ ।  त्यस्तै किशोरावस्थामा केटा/केटीहरु लापरवाही हुने हुँदा असुरक्षित यौनसम्पर्क गर्ने गर्दछन् जसले गर्दा अनिच्छित गर्भधारण (Unwanted Pregnancy) र यौन रोगहरु हुने सम्भावना धेरै हुन्छ । यस्तो कलिलो उमेरमा गर्भधारण गर्नाले स्वास्थ्यमा नराम्रो असर पर्न सक्दछ । फेरि यो समय भनेको त पढ्ने, नयाँ कुरा सिक्ने र भविष्य निर्धारण गर्ने समय हो, त्यसैले यस्ता यौनसम्बन्धी कुरामा ध्यान केन्द्रित गरी समय बर्बाद नगरी बरु आफ्नो लक्ष्यतिर वा उज्ज्वल भविष्य निर्माणतिर सतर्क हुनु ठिक हुन्छ ।­






तपाईको पनि जिज्ञासाहरु भए सोध्नुहोस | हामी जवाफ दिन्छौ | जिज्ञासा पठाउन तल क्लिक गर्नुहोस |


प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments