कुन उमेरमा यौन सम्पर्क राख्नु उचित हुन्छ ?

यौन क्रियाकलाप तथा यौन सम्पर्क राख्न उचित उमेर यही नै हो भनेर भन्न ज्यादै कठिन छ तर यौनाङ्गहरू पूर्ण रूपमा विकास नभई वा मानिस शारीरिक र मानसिक रूपमा परिपक्व नभई यौन सम्पर्क गर्नु हुँदैन । विभिन्न मुलुकमा यौन सम्पर्कको न्यूनतम उमेर निर्धारण गरेको पनि पाइन्छ । औसतमा यौन सम्पर्कका लागि केटीको न्यूनतम उमेर १६ वर्ष राखिएको देखिन्छ तर महिला स्वास्थ्य र किशोरीहरूको समग्र विकासको दृष्टिकोणले हेर्दा २० वर्ष पछिको यौन सम्पर्क नै उचित मानिन्छ । नेपालको कानुनले १६ वर्ष नपुगेकी किशोरीसँग उसकै सहमतिमा यौन सम्पर्क गरिएतापनि त्यसलाई बलात्कार भनी परिभाषित गरेको छ ।­






तपाईको पनि जिज्ञासाहरु भए सोध्नुहोस | हामी जवाफ दिन्छौ | जिज्ञासा पठाउन तल क्लिक गर्नुहोस |


प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments