img

सानो उमेरमा हुने विवाहका जोखिमहरू

 

सानोउमेर खासगरी बीस वर्ष भन्दा कम उमेरमा  शरीरका यौन तथा प्रजनन अङ्गहरूको पूर्णरूपमा विकास भएको हुँदैन । कलिलो र अविकसित अङ्गहरूले गर्ने काम पनि  अपरिपक्व हुन्छ । त्यति मात्र हैन, ती अंगहरूलाई जबरजस्ती काम गराएमा दीर्घ रोगी हुन्छन् । उदाहरणका लागिः

१.  सानो उमेरमा गर्भधारण गर्ने र बच्चा पाउने अधिकांश महिलाहरूमा पाठेघर खस्ने समस्या देखिएको छ ।

२. यौनाङ्ग खासगरी योनीमार्ग र पाठेघरको मुख कलिलो हुने हुँदा ससाना घाउचोट लाग्छन् । यसरी लगातार घाउचोट लागिरहे प्रजनन मार्गमा विभिन्न सङ्क्रमणहरू हुन सक्छन् । त्यसै गरी, यौनसम्पर्कको माध्यमबाट सर्ने रोगहरू लाग्ने सम्भावना पनि बढ्छ ।

३.   सानो उमेरमै यौनसम्पर्क राख्न थालेका व्यक्तिहरूले असुरक्षित यौनसम्पर्क (धेरै जनासँग बिना कन्डमको यौनसम्पर्क गर्ने सम्भावना बढी भएको अनुसन्धानले पुष्टि गरेको छ । असुरक्षित यौनसम्पर्कले नै एचआईभी लगायतका विभिन्न यौनजन्य सङ्क्रमणहरू हुन्छन् ।

४.   कलिलो उमेरमा यौनसम्पर्क सुरू गरेका अधिकांश महिलाहरूको नै पाठेघरको मुखको क्यान्सर भएको तथ्याङ्गले देखाउंछ ।

५.   बीस वर्षभन्दा कम उमेरका गर्भवतीहरू सुत्केरी हुँदा मर्ने सम्भावना वयस्क महिलाको दाँजोमा २ गुणा बढी हुन्छ ।

६.   कलिलो उमेरमा यौनाङ्ग मात्रै हैन, पाठेघर र योनी मार्ग वरिपरिको हड्डीहरूको संरचना पनि राम्रोसँग वृद्धि भएको हुँदैन जसका कारण बच्चा निस्कने मार्ग साँगुरो हुन्छ र सुत्केरी व्यथा लागे पनि बच्चा योनीबाट बाहिर आउन सक्दैन । लामो समयसम्म बच्चा योनी मार्गमा अड्किन्छ वा लामो व्यथा लाग्छ ।  लामो व्यथा लागेर योनीमार्गमानै च्यापिएर जन्मेको बच्चामा अपाङ्ता हुने सम्भावना बढी हुन्छ ।

७.   बच्चाको टाउकोले लगातार योनीको मांसपेशीमा दवाव दिइरहने हुँदा, रगतको आपूर्ति  बन्द भई मांसपेशीहरू मर्न थाल्छ र मरेको मांसपेशी कुहिन थालेपछि प्वाल पर्छ । उक्त प्वाल पिसाव थैली वा दिसा आउने मार्गसँग जोडियो भने योनीबाट दिसा पिसाव चुहिरहन्छ अनि सधै दुर्गन्धित जीवन बिताउनु पर्छ । घर परिवार र समाजबाट अपहेलित भएर बाँच्न बाध्य हुनुपर्छ । यस्तो दुखदायी जीवन कसैका आमा, छोरी, बुहारी वा सासुले बिताउन नपरोस् ।

­

0 प्रतिक्रिया
  • बालविवाह
  • child marriage
  • जोखिमहरू
  • स्वास्थ्य समस्याहरू

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments