म मेरो सरिर देखेर दिक्क मान्छु  मलिउ सबैले मोति भन्छन  त्यसो भन्दा मलाई असधई   पिडा महसुस हुन्छ  मरु कि जस्तो  लाग्छ मेरो सरिर  चिटिक्क परेको बनाउन के गर्नु पर्ला ?

तपाइको शरीर मोटो छ भन्ने त तपाइको प्रश्न बाट  नै थाहा  भयो l मोटो हुनु राम्रो त् हैन  तर मोटोपन  भएको कारण  कसैले कसैलाई  होच्याएर  बोल्नु त झन नराम्रो हो l मोटोपन घटाउन दुइ वटा मात्रै बैज्ञानिक तरिका छन् l

पहिलो तरिका हो   खानपानमा सुधार l तपाइले खाई रहनु भएको खानपानमा चिल्लो पदार्थ र कार्बोहाईड्रेटको मात्रा घटाउनु पर्छ l भात रोटि  घिउ बोसो वा अत्यधिक चिल्लो र तेलमा  तारेको  खाने कुरा  कम खाने र हरियो  सागसब्जी , मुला गाजर  जस्ता खाने कुरा प्रसस्त खाने गर्नु पर्छ l

दोश्रो  तरिका भनेको शारीरिक अभ्यास हो l कम्तिमा पनि दिनको ४५ मिनट मुटुको धड्कन बढ्ने गरि  शारीरिक अभ्यास गर्नु पर्छ l  तपाइले सजिलो हुने गरि कुनै पनि शारीरिक अभ्यास गरे हुन्छ  जस्तै दगुर्ने, डोरी नाघ्ने  आदि l

यसो गर्दा पनि तपाइको तौल घटेन भने कुनै रोग छ कि भनेर शंका गर्नुपर्छ l त्यसको लागि नागिचमा रहेको स्वास्थ्य संस्थामा जचाउनु पर्छ l तर मोटोपन भयो भनेर  चिन्ता गर्ने, अल्छी मान्ने गर्नु  हुँदैन l तपाई शारीरिकरुपम सक्रिय हुने बित्तिकै मोटोपन हटेर जान्छ l यसको बारेमा  चिन्ता गर्ने वा दुख मान्ने  होइन l यो त् आफैले नियन्त्रण गर्न  सक्ने समस्या हो l

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments