img

रमादेवी, बालविवाह  र स्वास्थ्य -२

अस्तिको अङ्कमा २० बर्ष भन्दा सानो उमेरमा बच्चा जन्मायो भने किन आङ् खस्छ भन्ने रमादेवीको जिज्ञासाको उत्तर आगामी अङ्कमा दिने बाचा गरेको थिएँ । त्यसैले यसपाली सानो उमेरमा बच्चा जन्माउदा किन आङ् खस्छ भन्ने प्रश्नको उत्तर दिने कोशिस गर्दैछु ।

सानो उमेर वा २० बर्ष भन्दा तलको उमेरमा हाम्रो शरीरका भिभिन्न अंगहरू आफै बढ्दै गरेका हुन्छन वा भनौ कलिला हुन्छन्। पाठेघर र त्यस वरिपरिको सम्पूर्ण संरचना(अङ्ग)हरू कलिलै हुन्छन् आफै बढ्दै गरेका ।पाठेघरलाई चित्रमा देखाए जस्तै वरिपरिबाट विभिन्न बन्धनहरूले वाँधेर अड्याएका हुन्छन् । यहाँ प्रस्तुत गरिएको चित्रमा पाठेघरको पछाडी पट्टि मलमार्ग र अगाडी पट्टि मुत्रथैली छन्  । माथिबाट हेर्दा यस्तो देखिन्छ । चित्रमा देखाएजस्तै पाठेघलाई वरिपरिबाट मांसपेशी र बन्धनहरूले  अड्याएका हुन्छन् ।

चित्र  १: पाठेघरलाई बाधेर राख्ने बन्धनहरू

अब गर्भवती हुँदा पाठेघरमा बच्चा बस्ने हो । पाठेघरमा  हुर्किएको बच्चा सुत्केरी हुने बखत योनी मार्ग हुदै बाहिर आउने हो वा जन्मिने हो । कलिलो उमेरमा बच्चा जन्माउनु पर्दा पाठेघरलाई अड्याएर राख्ने मांसपेशी र बन्धनहरूमा धेरै नै जोड पर्छ । मांसपेसी र बन्धनहरू  कलिलै हुने  भएकोले घाउँ लाग्ने, चुट्टिने हुन्छन् । यसरी घाइते भएका मांसपेशी र  बन्धनले कालान्तरमा पाठेघरलाई अड्याएर राख्न सक्दैनन् । परिणाम स्वरूप पाठेघर तल खस्छ । (चित्र न २ )  अझ सानो उमेरमा बच्चा पउने र त्यसमा पनि, धेरै पटक र कम उमेरको अन्तरमा बच्चा जन्माउने गर्दा पाठेघर वरिपरिको संरचनालाई पटक पटक चोटपटक लाग्ने हुनाले पाठेघरलाई धान्न सक्दैनन् । यस्तो महिलाहरूको पाठेघर झन छिटो खस्छ ।

चित्र २ पाठेघर खसेको चित्र

अर्कोतिर, प्रायःश किशोरीहरूमा सुत्केरी बेथा लामो समय लाग्ने हुन्छ । यसोहुँदा जन्मदै गरेको बच्चाको टाउकोले योनी मार्ग वरिपरिका अंगहरू जस्तै मुत्र थैली वा मलमार्गमा  निरन्तर दबाब दिन्छ वा थिच्छ । यसरी थिचिराखेको मांसपेसीहरूमा  रगतको संचार हुँदैन र त्यहाँको मासु कुहिन्छ । कुहिएको ठाउँमा प्वाल पर्छ । त्यस्तो प्वाल यदि मुत्रथैलीमा पर्यो भने योनीवाट पिसाब आउने र मलमार्गमा प्वाल पर्यो भने दिसा आउने गर्छ । कहिलेकाहिँ दुबैतिर प्वाल परेर दिसापिसाब दुवै निस्किने हुन्छ । यस्तो अवस्थालाई अबस्ट्रेटिक फिस्चुला (दिशापिसाब चुहिने) भएको भन्छौ । यसरी लगातार दिसापिसाब चुहिने भएपछि त्यसको दुर्गन्ध फैलिने, महिलालाई अत्यन्तै हिनताबोध हुने र नरकीय जीवनयापन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । के यस्तो भयो भने उपचार नै छैन त ? यसको बारेमा अर्को अङ्कमा..........................

 

 

 

 

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments