img

के स्तनको आकार सानो वा ठूलो हुनाले केही फरक पर्छ ? - रश्मि चौधरी

रश्मिजी, शारीरिक बनोटको रूपले एक मानिसको शरीर अर्को मानिससँग कहिले पनि मिल्दैन । त्यसैगरी स्तन पनि कसैको ठूलो वा कसैको सानो हुन सक्दछ । शरीरका अङ्गहरू कत्रो हुने भन्ने बंसानुगत नै हुन्छ ।  त्यसो त दिर्घकुपोषण भयो भने पनि अंगहरूको राम्रो बिकाश हुदैन तर यो पछि पोषणयुक्त खाना खाएर बढ्ने हुदैन ।स्तनको मुख्य काम बच्चालाई स्तनपान गराउनु हो जसको आकारसँग सम्बन्ध हुँदैन । रह्यो यौन आकर्षणको कुरा, यो त हरेक मानिस मानिसमा भर पर्दछ।कतिपय महिलाहरूमा आफ्नो स्तनको आकारको बारे गुनासो रहेको हुन्छ र त्यसैका लागि विभिन्न किसिमका औषधि र साधनहरु प्रयोग गर्ने गर्दछन् ।तर यसो गर्नाले आफ्नो इच्छा जस्तो आकार पाउनुको साटो अन्य समस्याहरू आउन सक्दछन्। स्तनको आकार सानो वा ठूलोले यौन तथा प्रजनन् स्वास्थ्यमा खासै फरक पर्दैन। आफ्नो स्तनको आकर जत्रो छ त्यसैमा सन्तोष गर्नुपर्छ ।- डा. खेम कार्की   
­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments