हस्तमैथुन (Masturbation) भनेको के हो ? के हस्तमैथुनले हानी गर्छ ? हस्तमैथुन गर्दा विर्य सकिंदैन ? – बिष्णु शर्मा

बिष्णुजी प्रश्न सोध्नुभएकोमा धेरै धन्यवाद।

हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हस्तमैथुन हो । हस्तमैथुन यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि हो । पुरुषले आफ्नो लिङ्गलाई हातले विस्तारै खेलाएर वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसैकसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरूप्रयोग गरी हस्तमैथुन गर्ने पनि गर्दछन् । हस्तमैथुन एक सुरक्षित यौन व्यवहार हो ।

हस्तमैथुनका सम्बन्धमा हाम्रो समाजमा विभिन्न भ्रमहरू रहेको पाइन्छ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने आदि कुराहरू भ्रमपूर्ण छन् र यिनमा कुनै सत्यता छैन बरु हस्तमैथुनले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाई यौन अपराधलाई कम गर्नसमेत सहयोग पुग्छ । त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यिनमा हुने खर्च तथा एचआइभी  वा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुर्याउँछ । पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । हस्तमैथुन गरेर विर्य सकिंदैन र नगर्दा भण्डारण बस्दैन । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ ।

 - डा. खेम कार्की

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments