Night fall (स्वप्नदोष)  भएर हैरान भयो । के यो रोग हो ? – सुन्दर चालिस

सुन्दरजी प्रश्न सोध्नुभएकोमा धेरै धन्यवाद।

निदाएको बेलामा यौन सम्पर्क वा यौन क्रियाकलाप गरेको सपना देखेर निदाएकै अवस्थामा पुरुषको लिङ्गबाट आफै वीर्य स्खलन हुनुलाई र महिलाको योनीबाट सामान्य योनीस्राव हुनुलाई स्वप्नदोष वा नाइटफल (Nightfall) भनिन्छ । किशोरावस्थामा केटा र केटीहरूले कामुक वा यौन उत्तेजक सपना देखेर आफू पनि यौन उत्तेजनाको अनुभव गर्छन् र निदाएकै अवस्थामा वा सपनामै किशोर वा पुरुषको लिङ्गबाट वीर्य स्खलन हुने गर्दछ तथा किशोरी वा महिलाहरूमा पनि योनीबाट चिप्लो पदार्थ निस्केर भित्री कपडामा लाग्नपुग्छ । स्वप्नदोष शरीरको विकाससँगै हुने प्राकृतिक प्रक्रिया हो र यो किशोर अवस्थामा मात्र नभएर वयस्क अवस्थामा पनि हुने गर्दछ । केटाहरूमा भने किशोराअवस्थादेखि नै नियमित वीर्य उत्पादन भैरहेको हुनाले लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेको अवस्थामा स्वप्नदोष भई वीर्य बाहिर निस्कने गर्दछ । यसबाट केही हानिनोक्सानी भने हुँदैन तर स्वप्नदोष पछि यौन अङ्गको सरसफाइ राम्रोसँग गर्नुपर्दछ ।यो  रोग होइन । यो त शारीरिक परिपक्वताको सूचक हो । चिन्ता होइन खुशी मान्नुहोस ।

- डा. खेम कार्की

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments