किन किशोरावस्थामा यौनसम्बन्धसम्बन्धी धेरै खुलदुली हुन्छ? -बिनोद लेप्चा

बिनोदजी प्रश्न सोध्नुभएकोमा धेरै धन्यवाद।

किशोरावस्था भनेको जिज्ञासु अवस्था हो र यो अवस्थामा सबैले संसारमा भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौनलाई गलत, अश्लील र असभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले निषेध गरेको हुन्छ त्यसप्रति उनीहरूको ध्यान अझ बढी केन्द्रित हुनु स्वाभाविक हो । विशेषगरी यौनाङ्ग तथा प्रजननअङ्गको विकास किशोरावस्थामा हुन्छ र यौनसम्बन्धी रागरस (हर्मोन)हरूको उत्पादन पनि यही समयमा हुने भएका कारण विपरीत लिङ्गीप्रति वा समलिङ्गीप्रति नै आकर्षण बढ्न जान्छ, नजिकिन, माया गर्न र जिस्कन मन लाग्नुका साथै यौनाङ्ग चलाउन र यौनसम्पर्क गर्न पनि मन लाग्छ । यौन बारे खुलदुली हुनु अस्वाभाविक पनि होइन । - डा. खेम कार्

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments