बच्चा जन्मनुभन्दा पहिले केटा वा केटी कसरी छुट्टिन्छ ?

गर्भमा भएको सन्तान छोरा वा छोरी के हुने भन्ने कुरा पुरुषमा रहेको क्रोमोजोममा भरपर्छ । मानव शरीरमा भएको जुनसुकै कोषमा धागो जस्ता क्रोमोजोम भन्ने विशेष किसिमको पदार्थ हुन्छ । यी क्रोमोजोमले गर्दा नै मानिसमा जैविक (वंशाणुगत) गुणहरू कायम हुन्छन् । आमाबाबुका जैविक गुणहरू उनीहरूबाट जन्मने सन्तानमा सर्दछ/आउँदछ । यस्ता क्रोमोजोमहरू हरेक मानिसको कोषमा २३ जोर हुन्छ तर शुक्रकीट वा डिम्बमा भने २३/२३ वटा मात्र हुनेगर्दछ जसमध्ये २३ औ क्रोमोजोममा हुने X तथा Y तत्वहरू बच्चाको लिङ्ग निर्धारणसँग सम्बन्धित हुन्छ । महिला कोषको २३ औं क्रोमोजोमको दुवै धागोमा X तत्वमात्र रहेको हुन्छ भने पुरुषको कोषको २३ औ क्रोमोजोमको दुवै धागोमध्ये एउटामा X तत्व र अर्कामा Y तत्व रहेको हुन्छ । जब यौनसम्पर्क हुन्छ, महिलाको योनीमा वीर्यसँगै हजारौं शुक्रकीटहरू झर्दछन् र पाठेघरभित्र प्रवेश गर्दछन् । यसरी झरेका शुक्रकीटहरूमध्ये यदि महिलाको डिम्बको X क्रोमोजोम पुरुषको Yक्रोमोजोमसँग मिलन हुन पुगेमा जन्मने बच्चा छोरा हुन्छ र यदि पुरुषको X क्रोमोजोमसँग मिलन भएमा जन्मने बच्चा छोरी हुन्छिन् । यसरी बच्चाको लिङ्ग निर्धारण यौनसम्पर्कको बखतमा पुरुषको वीर्यमा भएको शुक्रकीटको कुन चाहिँ क्रोमोजोम X वा Yको डिम्बसँग भेट हुन पुग्छ भन्ने कुरामा निर्भर रहन्छ । त्यसैले छोरा वा छोरी जन्मनेमा पुरुषको जिम्मेवारी हुन्छ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments