जुम्ल्याहा बच्चा कसरी जन्मन्छन्?

जुम्ल्याहा वा सोभन्दा बढी बच्चाहरूको विकास पनि गर्भावस्था मै हुन्छ । जुम्ल्याहा बच्चा विशेष गरी दुई प्रकारले जन्मन्छन् ।

क.  प्राय एउटा डिम्बाशयले महिनामा एउटा डिम्ब निष्कासन गर्ने गर्दछ । कहिलेकाहीँ केही कारणले गर्दा दुवै डिम्बाशयले छुट्टाछुट्टै एक–एक गरी दुईवटा डिम्ब निष्कासन गर्न सक्दछ । सो बेला ती दुईवटै डिम्ब छुट्टाछुट्टै शुक्रकीटसँग मिलन हुन गई दुईवटा छुट्टाछुट्टै बच्चामा विकसित हुन पुग्दछ र ती बच्चाहरू कहिले छोरा–छोरा, छोरी–छोरी वा छोरा–छोरी भएको पाइन्छ ।

ख.  त्यस्तै दोस्रो तरिकाले हुने जुम्ल्याहा चाहिँ एउटै डिम्ब र शुक्रकीटको मिलन भइकन बनेको कोष फुट्न गई जति टुक्रा हुन्छ, त्यतिवटा बच्चा भएको पाइन्छ । त्यसरी जन्मेका जुम्ल्याहा विशेष गरी एउटै लिङ्गका हुन्छन् र हेर्दा पनि उस्तै देखिने गर्दछन् र यस्तो  जुम्ल्याहालाई  Identical Twins भन्ने गरिन्छ ।अधिकांश यस्तो तरिकाले जुम्ल्याहा हुने हुन्छ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments