गर्भवति भएको कसरी थाहा पाउन सकिन्छ ? सानो उमेरमा गर्भवति भएमा कस्ता असरहरू हुन्छन् ?

गर्भ रहनु भनेको डिम्ब निसेचन हुनु हो ।डिम्ब निसेचित भयो भने सबभन्दा पहिले महिलाको महिनावारी हुँदैन । महिनावारी बन्द भएको १० दिनपछि पिसाब जाँच गरायो भने गर्भवती भए नभएको थाहा हुन्छ । त्यसपछि उनमा गर्भावस्थाका अन्य लक्षणहरू पनि देखिन थाल्दछ जस्तै वाकवाक लाग्ने, खान मन नलाग्ने, पेट ढाडिएको जस्तो हुने, रिङ्गटा लाग्ने, स्तन दुख्ने, अल्छिपना आदि लक्षण देखापरेमा गर्भमा बच्चा भएको हो कि भनी थाहा पाउन सकिन्छ । गर्भवती भएको करिब ५–६ महिनामा पेट ठूलो भएपछि मात्र अरुलाई उनी गर्भवती भएको कुरा थाहा हुन्छ । तर सानो उमेरमा हुने गर्भधारणले किशोरीमा नकारात्मक प्रभाव पार्छ । गर्भाधानको लागि उनको शरीर परिपक्व भैसकेको हुँदैन जसका कारण गर्भ तुहिने वा कम तौलको बच्चा जन्मने वा रोगी वा अपाङ्ग वा मरेका बच्चा जन्मन सक्छ । यसका अतिरिक्त उनको स्वास्थ्यमा दीर्घकालीन असर हुनुका साथै उनको शैक्षिक, आर्थिक, सामाजिक जीवन पनि भताभुङ्ग हुन्छ । ­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments