एउटी महिला/ किशोरी कसरी गर्भवति हुन सक्छिन् ?

केटीमा महिनावारी शुरु भएदेखि उनी गर्भवती हुन सक्ने हुन्छिन् । महिनावारीको चक्रको मध्यतिर डिम्ब निश्कासन हुन्छ । उदाहरणको लागि कसैको २८ दिनको चक्र भए महिनावारीको १४ दिनको अघिपछि डिम्ब निस्कासन हुन्छ । त्यो डिम्ब निष्कासन भएको अवधिमा पुरुषसँग यौनसम्पर्क भएमा पुरुषको विर्यमा भएको शुक्रकिट र डिम्बको मिलन भई गर्भवती हुन सक्छिन्। यदि डिम्ब निष्कासन भएको बेलामा यौनसम्पर्क भएन भने डिम्ब डिम्बाशयबाट निष्कासन भएको समयदेखि करिब ७२ घण्टामा निष्क्रिय हुन्छ अर्थात् मर्दछ।तर डिम्ब निस्कासन कति बेला हुन्छ भन्न गाह्रो हुन्छ ।त्यसैले, यौनसम्पर्क भएको खण्डमा जतिबेला पनि गर्भ रहने सम्भावना हुन्छ ।­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments