गर्भधारण भनेको के हो ?

निसेचनपश्चात् बनेको निसेचित डिम्ब वा भ्रुण पाठेघरको भित्री तहमा आएर टाँसिनुलाई गर्भधारण भनिन्छ । यसरी पाठेघरको भित्तामा  टाँसिएको भ्रुणको वृद्धि हुन थाल्छ । निसेचित डिम्व  पाठेघरको भित्तामा आएर  रोपिन वा टाँसिन  कम्तिमा ५ दिन लाग्छ । निसेचन भएको डिम्ब जसलाई जाइगोट पनि भनिन्छ । यो एउटा कोष हो ।शुरुमा उक्त कोष एउटाबाट दुई अनि चार, आठ, सोह्र, बत्तिस हुँदै विभाजित भई शरीरका विभिन्न अंगहरूको विकास हुँदै जान्छ । केही कोषहरू मिली शालको विकास हुन्छ र यसको काम भनेको आमाबाट अक्सिजन तथा पोषणतत्व गर्भमा बढ्दै गरेको बच्चामा पुर्याउनु हो । ­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments