निसेचन भनेको के हो ?

निसेचन भनेको प्रजनन् प्रक्रियाको पहिलो चरण हो, जुनबेला पुरुषको  शुक्रकीट र महिलाको डिम्ब मिलन हुन्छ । महिला र पुरुषबीच यौन सम्पर्क भएपछि शुक्रकिटहरू योनीको चिप्लो पदार्थमा पौडी खेल्दै महिलाको पाठेघर हुँदै डिम्बाबाहिनी नलीमा पुग्दछन् । यदि त्यहाँ डिम्ब रहेछ भने भेटनको लागि हजारौ शुक्रकिटहरू तँछाड मछाड गरेर पुग्दछन् । पुरुषको एउटा शुक्रकिट महिलाको डिम्बसँग सम्पर्क हुन्छ ।  बिस्तारै एकअर्कामा मिलेर भित्र पस्न करीब ३ घण्टा लाग्दछ । एउटा डिम्बमा एउटा शुक्रकिट छिरे पछि अरु शुक्रकिटहरू छिर्ने सम्भावना हुदैन । यसरी शुक्रकिट र डिम्बको संयोजन हुनुलाई निसेचन भनिन्छ ।

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments