img

“पढेको मान्छेले थोरै समय काम गरेर धेरै पैसा कमाउन सक्छ, मैले पढिन”

सानो उमेरमा विहे गर्नु हुन्न भन्ने त थाहा थियो तर यस्तै भयो। यो भनाइ १८ वर्ष नपुग्दै विहे गर्ने पुनमको हो।

कक्षा ९ मा पढ्दापढ्दै प्रेम सम्बन्ध भयो र करिब एक बर्षको घनिष्ट प्रेमसम्बन्ध पछि हामीले विवाह गर्यौ। बिहे गरेको पनि एक वर्ष बितिसक्यो। पुनमले फेरि थपिन्।तर यतिबेला उनको अनुहारमा चिन्ता र भएको डरलाग्दो छायाँ थियो तर पनि जबरजस्ती हास्दै थिइन् ।

स्कुल पढ्दै थिएँ।गाउँमा विहे थियो। विहेमा ठुलो मम्मीको साथीको छोरासँग भेट भयो। चिनजान भयो। उनीसँग कुराकानी बढ्दै गयो।थाहा नपाइ यो सम्बन्ध घनिष्ट भयो। यसरी विगतको पाना पल्टाइन् पुनमले।

 

 

‘७–८ कक्षा पढेको, ट्याक्टरको वर्कशपमा काम गर्ने, सोझो लाग्ने केटाले राखेको प्रेम प्रस्ताव अस्विकार गर्न सकिन।प्रेम स्वीकारे।उसले यति धेरै फोन गर्न थाल्यो, ५–६ महिनामा त आमाले पनि थाहा पाउनु भयो। केटाको बारेमा सोध्नुभयो। सबैले चिनेको केटा भएकोले खासै समस्या परेन। उनको अनुहारमा सहजता थियो।

यो कुराकानी कैलालीको लम्कीमा घर भएकी पुनम कठरीया (१९) सँग गरिएको हो । उनी अहिले धनगढीको एक प्रतिष्ठित होटलमा काम गर्छिन्।

सानो उमेरमा विहे गर्नु हुदैन भन्ने थाहा हुदाँ हुदैँ किन विहे गरेको त मैले प्रश्न गरेँ। उनी निकै भावुक भइन तर आफुलाई सम्हालेर कुरा गरिन्।

मेरो घरको स्थिती पनि कमजोर थियो। बुवा र दाइ दुवै रक्सी खाने। दुई जना आमाका सात सन्तान। यतिसम्म पनि मजदुरी गरेर पढेको।

आफ्नो भविष्य नरेहेकोले असल केटा भए विहे गरौ अलि सहज होला नि भन्ने दिमागमा आयो । आमाले पनि सर्मथन गर्नुभयो। त्यसपछि विहे ग¥यौ।

शुरुमा भागेर धनगढी आयौ।आन्टीको घरमा बस्यौ।फिस्स हाँसेर विगत बताइन्।

अहिले डेरामा बस्दै आएका पुनम जोडीले नै जागीर खान्छन्।श्रीमानले ट्याक्टर वर्कशपमा र  पुनमले होटलमा हाउस किपिङ्गको।

बिहान ६ बजे देखि साँझ ६ बजे सम्म काम गर्छिन अनि ८ हजार कमाउछिन। दिनमा १२ घण्टा जागीर खान्छिन र ८ हजार तलब लिन्छिन्।यो जागीर पनि श्रीमानले खोजिदिएको उनी सहज ढङ्गले लिइरहेकी थिइन् ।उनी खुसी छिन् र फुर्तिसाथ काम गरिरहेकी छिन् । त्यसो त श्रीमानले पनि वर्कशपबाट ८ देखि १२ हजार कमाउने रहेछन् ।

सानो उमेरमा विहे नगरेको भए हुन्थ्यो। पढेको भए राम्रो जागीर पाइने रहेछ। थोरै समय काम गरेर धेरै कमाउन सकिने रहेछ। उनी अलिक भावुक बनिन्। अहिले सम्झदा गल्ती गरिएछ जस्तो लाग्छ। पारिवारिक समस्यालाई अर्को तरिकाले मिलाउन सकिन्थ्यो कि, कसैले सम्झाएन, सहयोग पनि गरेन।  

मलाई पनि नमज्जा लाग्यो । सायद उनीलाई पढाई खर्चको जोहो गरिदिन सकेको भए, पढ्थिन होला ।

तर उनलाई राम्रो साथ र सहयोग मिलेको छ । श्रीमान् समझ्दार छन् । श्रीमानले कमाएको पैसाबाट ५हजार देखि ५ हजार ५ सय बैकमा जम्मा गर्दा रहेछन र उनले पनि एउटा ३ हजार र अर्को २५ सय प्रति महिना तिर्ने गरी ढुकुटी खलेकी रहिछन् ।

ढुकुटीको पैसा लिने र बैकमा जम्मा गर्ने सोच रहेछ । तर उनलाई ढुकुटी खेल्नु राम्रो होइन भन्ने थाहा रहेनछ । जब मैले ढुकुटीको गलत परिणामहरूको बारेमा बताँए उनी अली झस्किइन् । मैले बेलैमा सल्लाह दिए जस्तो लाग्यो ।

मैले उनलाई भविष्यको योजना के छ भन्ने सोधेँ । पुनम अलिक अल्मलमा परिन् । मैले प्रस्ट्याएँ ।

पहिला त घरबारको व्यवस्था गर्नुप¥यो। घर छैन, जग्गा छैन। खान प¥यो। लाउन प¥यो। पुनमले लामो सास फेर्दै आफ्नो फेहरिस्त खोलिन।

मैले बच्चा कहिले जन्माउने नी भनेर सोधेँ । यो उनको लागि कठिन प्रश्न थियो ।

 

खोई ५–६ वर्ष त बच्चा नजन्माउने भनेको। उनको जवाफमा आफ्नो चाहना बताइन् । मैले खोतले । कसरी यो संभव छ। उनी अक्मकाइन् । अप्ठ्यारो मानिन् । मैले सहजीकरण गर्ने कोशिस गरेँ।गर्भ निरोधको साधन प्रयोग गरेको छ छैन भनेर सोधें । उनले भनिन् तेस्तो त नाही

म छक्क परें । अनि तिम्रो बच्चा भइहाल्छ नि अनि तिम्रो योजना सबै बिग्रन्छ । उनी झस्किन् । मैले उनलाई गर्भनिरोधको साधनको बारेमा बताइदिएँ । उनको बिचारमा कहिले काँही मात्र यौनसम्पर्क गर्दा बच्चा रहदैन । अहिले सम्म यहि विश्वास थियो ।

उनको यो विश्वास वास्तविकतामा परिणत भइदिए कति राम्रो हुने थियो । तर त्यस्तो हुदैन । गर्भ निरोधको साधन प्रयोग नगरी गरिएको यौनसम्पर्कबाट कुनै बेला बच्चा रहन सक्छ ।

पुनमले बालविवाह गरे पनि  सबै कुरा मिलेकोले जागीर खाँदै छिन् । श्रीमान समझदार छन् । यसो हेर्दा जीन्दगी सहज छ, तर गहिरिएर हे¥यो भने उनी पनि पीडा र दुःख बीचमा १२ घण्टा मजदुरी गरेर हाँसिरहेकी छन्।उनको एउटा वाक्यले मलाई घोचिरह्यो, पढेको मान्छेले थोरै समय काम गरेर धेरै पैसा कमाउन सक्छ, मैले पढिन । 

पुनमको सुखी जीवनको लागि शुभकामना ।

­

2 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


2 Comments

  • विवेक
    2017-12-14 01:14:46

    हामीले यस्ता कथालाई सामाजिक परिबर्तनका रुपमा देखाउनु पर्छ।

  • ajit
    2017-11-29 12:02:19

    येस्ता कथा त धेरै तिर धेरै होलान तर अबको हाम्रो जिम्मेवारी येस्ता कथालाई कथा मै सिमित पार्न हातेमालो गर्नु जरुरि छ .