img

बालविवाह गर्नु र गराउनु दुबै कानुनी अपराध हो – मन्त्री आशा कोइराला

बालविवाह गर्नु र गराउनु दुबै कानुनी आपराध हो तर यहाँ समस्या ऐन कानुनमा भन्दा पनि तिनको कार्यान्वयन गर्नुमा छ । मानिसको सोचमा परिवर्तन ल्याउनु नै प्रमुख चुनैती बनेको छ ।

यो कथन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको हो । अन्तर्राष्ट्रिय बालिका दिवस २०१७ को उपलक्ष्यमा माननीय मन्त्री आशा कोइरालाले यो पोर्टल उद्घाटनको अवसरमा बालविवाह अन्त्य गर्ने उदेश्य राखेर संचालन गरेको पोर्टलको सफलताको कामना गर्दै ब्यक्त भनाई।

उहाँले पहिले बालविवाह एउटा परम्परागत सोच, सांस्कृतिक बाध्यता, अभिभावकको कमजोरी र सामाजिक कारणहरूले हुनेगरेको थियो भने अहिले अज्ञानता र सहि जानकारीको अभावका कारण आफुखुसी विबाह बढ्दै गएको अवस्था भएको कुरा प्रस्ट पार्नुभयो । त्यसकारण अनलाइन पोर्टलहरू र अन्य सचेतना कार्यक्रमहरू मार्फत बालबालिकाहरूलाई सचेत गराउंदै गएमा बालविवाह स्वत कम हुदै जाने कुरा विश्वास ब्यक्त गर्नुभयो।

बालविवाहको विषय विद्यालयको पाठ्यपुस्तकमा समावेश गरिएको भएपनि बालविवाहमा अपेक्षित कमी नआएको परिप्रेक्ष्यमा पोर्टलले सहयोगीको भूमिका निर्वाह गर्ने सक्ने भनेर पनि आशा गर्नु भयो । यो अनलाइन पोर्टल सहरी क्षेत्र तथा अलि सुबिधाजनक स्थानको लागि उपयुक्त भएको भए पनि अति ग्रामिण क्षेत्र जहाँ इन्टरनेटको सुविधा छैन त्यहाँका बालबालिकाहरूका लागि छुट्टै सशक्त अभियानहरू संचालन गर्न पनिआग्रह गर्नुभयो ।

विश्वमा नै उच्च बालविवाहको दर रहेका मुलुकमध्ये नेपाल पनि पर्ने भएको र नेपालले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य निर्धारण गरिसकेको अवस्थामा नेपाल सरकार, महिला बालबालिका मन्त्रालय र महिला बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले संयुत रुपमा विभिन्न अभियानहरू संचालन गर्नु पर्ने आवश्यकता औल्याउदै मन्त्रालयले हरेक स्थानीय सरकार अन्तर्गत महिला, बालबालिका तथा समाज कल्याण शाखा स्थापना गर्न मन्त्रीपरिषदबाट निर्णय भैसकेको र छिटै स्थानीय विकास मन्त्रालय मार्फत हरेक स्थानीय तहहरूमा कार्यविधि सहित यो निर्णय लागु हुने जानकारी दिनुभयो।

यस अन्तर्गत प्रहरी, स्थानीय तहको प्रतिनिधि, वकिल, पत्रकार र स्वास्थ्य संस्थाका प्रतिनिधि रहने तत्काल उद्दार तथा कारवाही गर्ने टोली को गठन हुने यस्तो संरचनाले महिला तथा बालबालिकामा हुने सबै खालको समस्याहरू जस्तै बालविवाह, दाइजो प्रथा, छाउपडी प्रथा, यौनदुर्व्यवहार, बेचबिखन तथा अन्य घरेलु हिंसा जस्ता घटनाहरू घट्न नदिन र यदि घटना घटी सकेको छ भने तत्काल घटना स्थलमा पुगी पीडितलाई उचित न्याय दिने र पिडकलाई उचित कारवाही गर्ने कुराको जानकारी दिनुभयो । यसले  अहिले भइरहेका अपराध र कुरीतिहरूमा ५० प्रतिशतले कम हुनेछ भन्ने बिश्वाश लिएको बताउनु भयो ।

अन्त्यमा, बालविवाह अन्त्य गर्नका लागि प्लान इन्टरनेसनल नेपाल, सोलिड नेपाल र बालिका दुलही होइनन् सन्जालले सुरु गरेको यो कदम अत्यन्त सराहनीय रहेको बताउनु भयो ।

­

1 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


1 Comments