केटा मान्छेको रौं किन उम्रिन्छ ? यसलाई स्थायीरूपमा हटाउन क गर्नुपर्ला ? हात(पाखुरा)मा आएको रौं हटाउदा असर गर्छ कि गर्दैन ? – सुजन

सुजन जी, किशोर अवस्थामा प्रवेश गरे पछि  एंड्रोजेन नामको हर्मोन उत्पादन हुन्छ । एंड्रोजेन बिशेषत टेस्टेस्टेरोन् भन्ने पुरुष हर्मोनको प्रभावले शरीरका विभिन्न भागमा रौंहरू आउन थाल्छन् । यसलाई सामान्य मान्नुपर्छ । त्यसो त महिलाहरूको पनि काखी र यौनाङ्ग वरीपरी रौं आउंछन् । यसको मतलब उनीहरूमा पनि थोरै एंड्रोजेन हर्मोन हुन्छ भन्ने हो । यसरी हर्मोनका कारण उम्रिएको रौंलाई स्थायी रुपमा हटाउन सकिन्न । अस्थाई रुपमा विभिन्न तरिकाले हटाउन सकिन्छ जस्तै: काटेर, उखेलेर वा रौं हटाउने औषधिको प्रयोग गरेर । यसरी रौं हटाउदा शरीरलाई केहि हानी नोक्सानी हुदैन­-खेम कार्की 

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments