आइपिल (I-Pill)को प्रयोग गर्दा महिनावारी १५ दिनमै भयो । के यस्तो हुन्छ ? -– बिक्रम थापा

बिक्रमजी, प्रश्न सोध्नु भाएकोमा धेरै धन्यबाद। तपाईंले भने जस्तै आकस्मिक गर्भनिरोधको साधनको सबै भन्दा बढी हुने असर नै महिनावारी गडबढ हो। आइपिल पनि एक चल्तीको आकस्मिक गर्भनिरोधको साधन हो। आकस्मिक गर्भनिरोधका साधनहरूको थुप्रै असरहरू हुन्छन् ।वाकवाक लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, रिंगटा लाग्ने, थकित महसुस हुने, टाउको दुख्ने आदि । आइपिलमा लेवोनर्र्जेट्रेल भन्ने हर्मोन हुन्छ ।यसले डीम्बको उत्पादन प्रक्रियामा प्रभाव पारेर गर्भ हुन नदिने हो ।अथवा शरीरमा भइरहने नियमित प्रक्रियालाई तलमाथि पर्ने भएकोले साच्चिकै आकस्मिक अवस्था नभई यसको प्रयोग गर्नु राम्रो होइन । र गर्भ निरोधको रूपमा नियमित प्रयोग गर्नु पनि हुँदैन । लामो समयसम्म यसको प्रोयोग गर्दा मधुमेह लाग्ने, मुटुको रोगको जोखिम बढ्ने आदि समस्या हुने बताइन्छ ।

महिनावारीमा भएको गडबढ हर्मोनको प्रभाव सकिने बितिकै ठिक हुन्छ । आतिनु पर्दैन तर यदि रक्तश्राव धेरै नै भयो भने चिकित्सकको सल्लाह लिनुपर्ने हुनसक्छ ।

-डा. खेम कार्की

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments