www. sahiumersahikadam. org शुभारम्भ भयो ।

आश्विन २६, काठमाडौँ

अक्टोबर ११ तारिखमा अन्तर्राष्ट्रिय बालिका दिवस २०१७ को उपलक्ष्यमा माननीय महिला, बालबालिका तथा समाज कल्याण मन्त्री श्री आशा कोइरालाज्युले 'सहि उमेर सहि कदम' को काठमाडौँमा शुभारम्भ गर्नुभयो ।

पोर्टलको सफलताको शुभकामना दिदै उहाँले यो पोर्टलले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य परिपूर्तिमा सहयोग गर्ने विश्वाश ब्यक्त गर्नुभयो । नेपाल सरकारले सन्२०३० सम्ममा बालविवाह अन्त्य गर्ने दीर्घकालीन लक्ष्य सहित बालविवाहको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ तयार गरी लागु गरेको छ ।

किशोरकिशोरीले यौन भावना र चाहना परिपूर्ति गर्न बिहे गर्ने गरेको पाइन्छ ।बिहे नगरी यौनसम्पर्क गर्नै हुँदैन वा यौन सम्पर्क गरे पछि बिहे गर्नै पर्छ भन्ने सामाजिक मान्यताले गर्दा पनि आफु खुशी बिहे गर्नेको सङ्ख्या बढेको हुनसक्छ । यीनै कुराहरूलाई मध्यनजर गरी बालविवाह अन्त्यको लागि किशोर किशोरीहरुलाई शसक्तिकरण गर्ने गरी शुरु गरिएको पोर्टल शुभारम्भको सन्दर्भमा बाल क्लबमा कार्यरत युवाहरूले यो पपेट शो गर्नुभएको हो ।(भिडियो सहित)

­

0 प्रतिक्रिया
  • बालविवाह

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments