महिनावारी हुनु भनेको के हो ?

किशोरावस्थामा प्रवेश गरेपछि हरेक महिना २–८ दिनसम्म योनीबाट रगत आउँछ जसलाई महिनावारी अथवा रजस्वला भनिन्छ ।सामान्यतया ८ देखि १६ वर्षभित्र कुनै पनि समयमा महिनावारी सुरू हुनसक्छ। महिनावारी सुरू हुनुलाई मेनार्क(Menarche)भनिन्छ । महिलाहरू ४५–५० वर्षको उमेर पुगेपछि महिनावारी बन्द हुन्छ जसलाई मेनोपज (Menopause) भनिन्छ । रक्तस्राव भएदेखि अर्को महिना रक्तस्राव नहुञ्जेलसम्म शरीरमा विभिन्न खालका शारीरिक तथा कार्यगत परिवर्तनहरू आउँछन् । यस्तो परिवर्तनहरू हरेक महिनामा चक्रको रूपमा भैरहने भएकाले यसलाई महिनावारी चक्र (Menstrual Cycle) भनिन्छ । सामान्यतया हरेक २८ दिनमा महिनावारी हुन्छ तर यो व्यक्तिपिच्छे र महिनैपिच्छे फरक पनि हुनसक्छ । औसत २३ देखि ३५ दिनसम्ममा महिनावारी हुन्छ । महिनावारी सुरू हुनु भनेको एउटी महिला गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको अवस्थाको एउटा संकेत पनि हो । यसले उनीहरूमा प्रजनन क्षमताको विकास सुरु भएको भन्ने बुझिन्छ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments