किशोरहरूमा कस्ता शारीरिक परिवर्तनहरू देखापर्दछन् ?

शारिरिक परिवर्तनहरू भन्नाले मानिसको शरीरको बनोटमा, प्रणालीहरूमा देखिने परिवर्तनहरू हुन् । किशोरहरूमा सामान्यतया देखिने परिवर्तनहरूमाः शरीरको उचाइ तथा वजनमा वृद्धि हुनु, छातीको चौडाइ बढ्नु, स्वर धोद्रो हुनु, मुखमा दाह्री तथा जुँगाका रेखाहरू देखापर्नु,छालामा खस्रोपन, बिमिरा र दागहरू देखा पर्नु, डण्डीफोर आउनु, लिङ्ग वा अण्डकोषको आकारमा वृद्धि हुनु, काखीमुनि र जननेन्द्रिय वरिपरि रौंहरू देखापर्नु,स्वप्नदोष तथा वीर्य स्खलन हुनु, पसिना आउने क्रममा वृद्धि हुनु तथा अर्कै किसिमको गन्ध निस्किनुआदि पर्दछन् ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments