कम उमेरमा यौन सम्पर्क राख्न नुहने कारण के हो ?

सानै उमेरमा यौन सम्पर्क राख्नाले आइपर्ने धेरै समस्याहरूमध्ये एउटा प्रमुख समस्या भनेको अनिच्छित गर्भधारण हो । अनिच्छित गर्भ रहेमा असुरक्षित गर्भपतनको उपाय खोज्नाले किशोरीमा विभिन्न यौन तथा प्रजनन अङ्गको संक्रमण देखिने वा ज्यानै जानसक्ने जोखिम पनि हुन्छ भने किशोरकिशोरीमा यही घटनाले चिन्ता बढ्ने वा मानसिक समस्या उत्पन्न हुनसक्छन् । सानो उमेरदेखिनै यौन सम्पर्क गर्दा पाठेघरको मुखको क्यान्सर लगायत यौनजन्य संक्रमण हुने सम्भावना बढी हुन्छ । हाम्रो देशमा धेरै बालविवाह हुने गरेको छ । यसरी विवाहित अवस्थामा पनि किशोरीहरूको प्रजनन प्रणाली परिपक्व भइ नसकेको अवस्थामा गर्भ रहेमा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर समस्या आइपर्न सक्छ । पाठेघर र शरीरका अन्य अङ्गहरूको विकास नभएको हुनाले बच्चा पाउन गाह्रो हुने, रगत धेरै बग्ने आदि समस्याहरूहुन सक्दछ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments