पुरुषत्व र नारीत्

पुरुषत्व भनेको पुरुषमा हुने गुणहरूर नारीत्व भन्नाले नारीमा हुने गुणहरूभनिन्छ । परम्परागत रुढिवादी समाजले पुरुषत्व वा सच्चा पुरुष हुनु भनेको बलवान्, रिसाहा, घरबाहिरको काम गर्ने, धेरै महिलासँग यौन सम्बन्ध कायम गर्ने, निर्णयकर्ता,सम्पत्तिको हकवाला, स्वतन्त्र र आत्मनिर्भर आदि र नारीत्वलाई वा आदर्श नारी हुनु भनेको कमजोर, सहनशील, घरभित्रको काम गर्ने, आफ्नो श्रीमान्सँग मात्र यौन सम्बन्ध राख्ने, अरुमा निर्भर आदिहो भन्दै गलत परिभाषा वा अर्थ दिँदै आइरहेको छ । यस्तै प्रकारका सोचहरूले गर्दा महिलाहरूको सामाजिक र आर्थिक स्थिति सुध्रिन नसकेको हो ।आत्मनिर्भरता र आत्मविश्वासको कमीले गर्दा महिलाहरूपछाडि परिरहेका छन् ।नारी सहनशील हुनु पर्छ भन्ने सोचले गर्दा कैयन हिंसाको सिकार भइरहेका छन् ।यस्ता सोचाइले स्वयं पुरुषहरूपनि मारमा परेका छन् ।जस्तै परिवारको एकमात्र कमाउने सदस्य हुँदा, सिङ्गो परिवारकै बोझ पर्नजान्छ ।धेरै स्वतन्त्रता र छुटको कारण पुरुषहरूगलत सङ्गत, रक्सी,लागूपदार्थ दुव्र्यसन, वेश्यावृत्ति आदिको चपेटामा पर्न सक्छन् । पुरुषत्वकै कारणले पुरुषहरूआफ्ना भावनाहरूलुकाएर राख्छन् जसले गर्दा उनीहरूमा मानसिक समस्याहरूआउन सक्छन् । एक्काइसौं शताब्दीमा,जहाँ महिला पनि पुरुष जत्तिकै शिक्षित छन् र काम गर्छन्, यस्तोमा घरको काममा पुरुषले सघायो भने उसको पुरुषत्वमा आँच आउँछ भन्नु सही होला त ?त्यस्तै महिला चाहिँ आफ्नो श्रीमान्सँगमात्र यौन सम्बन्ध कायम राख्ने तर पुरुषले भने धेरै यौनसाथी बनायो भने उसको पुरुषत्व बढ्छ रे ?यस्तो भन्नु कत्तिको उचित हुन्छ, एकछिन सोचौं त ? यस्तै किसिमका सोचहरूनै समाजको र सिङ्गो देशकै विकासका बाधक बनेका छन् ।

त्यसैले हामी युवाकिशोरकिशोरीहरूमिलेर पुरुषत्व र नारीत्वको रुढिवादी परिभाषा बदल्नुपर्छ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments