महिनावारी हुँदा पेट दुख्ने आदि समस्यालाई कसरी समाधान गर्ने?

महिनावारी हुँदा पाठेघर खुम्चिने र खुल्ने प्रक्रिया हुने हुँदा तल्लो पेट दुख्ने गर्छ । सामान्यतया ८५ प्रतिशत महिलालाई महिनावारी हुँदा तल्लो पेट दुख्ने गर्छ । यस्तो अवस्थामा सामान्य उपायहरूजस्तै तल्लो पेटमा हलुका तरिकाले मालिस गर्ने, तातो पानी रबरको थैली वा बोतलमा राखेर सेक्ने, अदुवाको धुलो राखी चिया वा तातो पानी पिउने, पेट अत्यधिक दुखेमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम सिटामोल, ब्रुफेन जस्ता दुखाई कम गर्ने औषधि सेवन गर्न पनि सकिन्छ, यदि अत्याधिक रक्तस्राव भएमा स्वास्थ्यकर्मीसँग परामर्श लिने आदि गर्न सकिन्छ । कसैलाई मानसिक चिन्ता, तनाव आउने हुन्छ त्यसैले यो प्राकृतिक अवस्था भएको र यसले कुनै ठूलो हानी गर्दैन भन्ने बुझेर यसप्रतिको चिन्ता हटाउन नियमित योग, प्राणायाम तथा हलुका व्यायाम गर्नाले यस्ता मानसिक चिन्ता हट्न मद्दत पु¥याउँछ । अत्यधिक रक्तस्रावबाहेकका अन्य लक्षणहरू सामान्य छन यिनीहरूलाई सामान्य व्यवस्थापन गरे मात्र पनि आफै कम हुन सक्छ । त्यसैले चिन्ता गर्नुर डराउनु पर्दैन ।  

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments