पहिलो पटक महिनावारी हुँदा केके समस्या देखापर्न सक्दछन् ?

पहिलो पटक महिनावारी भएका किशोरीहरू योनीबाट रक्तस्राव भएको देखी आत्तिने हुन्छन् । उचित जानकारीको अभाव र अज्ञानताले गर्दा किशोरीहरूले यो रोग नै हो कि भन्ने पनि ठान्छन् । कसै कसैमा केही बढी रक्तस्राव पनि हुन सक्छ । महिनावारी हुँदा कमजोरी महसुस हुने, अल्छीपना, रिङ्गटा लाग्ने, तल्लो पेट दुख्ने, स्तन दुख्ने, हातखुट्टा दुख्ने, हिँड्न गाह्रो हुने, खान मन नलाग्ने आदि हुनसक्छ । यति मात्र नभई मानसिक तनाव पनि हुन सक्छन् तर त्यस्ता धेरै समस्याहरू बिस्तारै आफै ठीक हुन्छन् ।त्यसैले पहिलो पटक महिनावारी हुँदा घरमा भए आमा वा दिदीलाई , विद्यालयमा भए शिक्षक वाशिक्षिकालाई जानकारी गराई सहयोग लिनु पर्छ । परिवार र विद्यालयले पनि यस्ता किशोरीहरूको समस्या बुझीत्यसको उचित व्यवस्थापन गराउनु पर्दछ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments