महिनावारी हुनु अगाडि कस्ता कस्ता लक्षणहरू देखिन्छन् ?

किशोरीतथा महिलाहरूमा महिनावारी हुनुभन्दा केही दिनअगाडिदेखि नै केही शारीरिक र मानसिक लक्षणहरू एचभ mभलकतचगब िकथलमचयभ देखा पर्छन् जस्तै स्तन गह्रौँ हुनु वा दुख्नु, तल्लो पेट दुख्नु, कब्जियत हुनु, कमजोरी, अल्छीपना वा थकान महसुस हुनु, तल्लो पेट या ढाडका मांसपेशीहरू दुख्नु (बाउँडिनु),रिङ्गटा लाग्नु, हातखुट्टा दुख्नु, हिँड्न गाह्रो हुनु , खान मन नलाग्नु,मानसिक तनाव हुनु,अनुहार चिल्लो हुनु वा डण्डिफोर आउनु, मन बेचैन भएजस्तो हुनु आदि । यी लक्षण वा समस्याहरू महिनावारी हुँदा सबै किशोरी वा महिलामा कुनै न कुनै रूपमा देखापर्छ तर एकैजनामा यी सबै समस्याहरू हुन्छन् भन्न सकिँदैन, साथै महिनै पिच्छे यी लक्षणहरू फरक–फरक हुन सक्छन् ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments